मुस्ताङ जिल्लाको माथिल्लो भेग (Upper Mustang) मा अवस्थित यस गाउँपालिका १३४४ वर्ग किमी क्षेत्रफलमा फैलिएको जिल्लाको सवैभन्दा ठूलो गाउँपालिका हो । यस गाउँपालिकाको उत्तर तर्फ लोमान्थाङ गाउँपालिका तथा चीनको सिमाना पर्दछ भने दक्षिण तर्फ वाह्रगूँ मुक्तिक्षेत्र गाउँपालिका पर्दछ । त्यस्तै पूर्व तर्फ मनाङको नारफुभूमि गाउँपालिका र पश्चिम तर्फ डोल्पाको छार्काताङसोङ गाउँपालिका पर्दछ । समून्द्री सतहबाट ३५०० मिटर देखि ५५०० मिटर सम्मका भूभागहरु यस गाउँपालिकामा रहेका छन् । यस गाउँपालिकालाई प्रशासनिक हिसावले पाँच वडामा विभाजन गरिएको छ । गाउँपालिकाको जम्मा जनसंख्या करिव १४२३ रहेको छ ।